Total Pageviews

Thursday, March 28, 2013

जी.डी. गुरुमालाई अन्तिम श्रद्धाजलि र विदा



मुख्यमन्त्री चामलिङद्वारा जी.डी. गुरुमालाई अन्तिम श्रद्धाजलि र विदा
कड़ा अनुशासनको एक ज्वलन्त उदाहरण थिइन् गुरुमा
-विजय बान्तवा

सिक्किमको समाजमा शैक्षिक र सामाजिक विकासमा भरोसिलो र निष्ठावान सेवा पुर्‍याएर विगतमा अवकाश प्राप्त गरेकी श्रीमती गंगादेवी राई वा जी.डी. गुरुमाको लामो समयको बिमारीपछि 26 मार्चको बेलुकी 4.55 मा निधन भयो।दार्जीलिङमा जन्मेर सिक्किमका वरिष्ठ नागरिक, युग पुरुष तथा पूर्व प्रशासक एवं वरिष्ठ पत्रकार श्री चन्द्रदास राई वा सीडी राईसित उनको बिहे भएर लगभग 6 दशक उनीहरूले बिताएका थिए।निधनको समय जीडी गुरुमाको उमेर 81 वर्ष पुगेको थियो जबकि श्री सीडी सर 88 वर्षको उमेरमा अझ पनि तन्दुरुस्त र नयॉं पिंड़ीका प्रेरणाका स्रोत बनिरहनु भएको छ।
उनको निधनको खबर सुन्नु साथ मुख्यमन्त्री पवन चामलिङ र उनका मन्त्रीमण्डलका साथीहरू तादोङ स्थित उनको निवास स्थानमा 27 मार्च उपस्थित भएका थिए।सीडी सर, उनको पुत्र सासंद् पीडी राई र एन.के.राईलाई सम्वेदना व्य[त गर्दै मुख्यमन्त्री चामलिङले भने, सीडी सर, जन्म र मृ[यु त मानिसले लिएर आएका छौं, कोही अगि कोही पछि मात्र, यहॉंलाई हाम्रो सम्वेदना छ, यहॉंको दु:खको क्षणमा हामी सरकार यहॉंको साथमा छौं, सिक्किमे जनता साथमा छन्, यहॉंलाई सहने शि[त ईश्वरले प्रदान गरुन्।
सीडी सरको अनुहारमा [यसबेला प्रशस्तै दु:खका छापहरू देखिन्थ्यो, ता पनि उनले पछिबाट आउने जान ईष्ट मित्रहरूसित बातचीत गरिरहेका थिए।
उनको श्रीमतीको जीवन यात्राबारे संक्षेपमा यस पंि[तकारसित सीडी सरले बोल्दै भने- गुरुमा स्व. काशीराज प्रधानको कालमा सन् 1957 को 7 मईमा शिक्षिकाको रुपमा नियुि[त भएकी थिइन्, सो बेला उनको वेतनमान मात्र 62 रुपियॉं थियो अनि सो बेला शिक्षा विभागका निर्देशक थिए ए.आर. घोष।
लोकप्रिय प्रजातान्त्रिक सरकार 1975 मा आएपछि धेरै जसो शिक्षक शिक्षिकाहरूलाई शिक्षा विभागको अन्य प्रशासकीय विभागहरूमा तान्ने काम भयो, तर गुरुमालाई [यहॉं निम्तो हुँदा हुँदै आफ्नै पेशालाई मन पराएर तथा दिलोज्यान दिएर अघि बढ़ाइरहिन्।यसरी आफ्नो जीवनको धेरै लामो समयसम्म शिक्षिका बनेर तथा देवराली पाठशालाकी प्रिन्सिपल बनरे 30 अप्रेल 1990 मा अवकाश उनले प्राप्त गरिन्।
जीवन भएर शिक्षिका रहेकी जीडी गुरुमालाई अति कठोर अनुशासनमा विद्यार्थीहरूलाई पढ़ाउने र नियमको डटेर अध्ययन गर्नु लगाउथिन्, यसको लागि उनी सबैतिर कड़ा अनुशासन पालन गराउने गुरुमा भनेर परिचित थिइन्।[यसबेलाको प्रसंग सम्झिन्दै सीडी राई भन्छन्, विद्यार्थीहरूले पाठशालामा राम्ररी पढ़ेन भने उनीहरूको बाबु आमालाई बोलाउने र घर र पाठशालामा पनि अब उसो राम्ररी नपढ़े पाठशालाबाटै निकालिदिने आदेश जारी गर्थिन्।कहिले त नटेर्ने केटाकेटीहरूलाई पुलिसलाई बोलाएरसम्म कार्यवाही गर्नु हिच्किचाउन दिनथिइन्।
उनले पढ़ाएर अहिले सिक्किममा धेरै अफिसरहरू भएका छन् र उनीहरूमध्ये धेरैले सीडी सरलाई भनेका कुरा स्वयं सीडी सरले भन्छन्, ती अफिसरहरूले मलाई भेट्दा अहिले भन्छन्,जीडी गुरुमाले [यसबेला कड़ा शास्ति दिंदा उनलाई नराम्रो सम्झिन्थ्यौं तर उनैको कारणले राम्रो पढ़ेर आज हामी अफिसर बनेका छौँ, उहॉंले त हाम्रै भलाइको लागि पो [यस्तो गर्नु भएको थिएछ।
उनैको सुझाउ लिएर उनको ज्येष्ठ पुत्र पीडी राईलाई पनि कानपुरमा आइआइटी अध्ययन गर्नु सक्षम भएको कुरो श्री राईले जनाए।
सिक्किमको समाजलाई शिक्षा र सामाजिक क्षेत्रमा विकास गराउने दिशामा योगदान दिए वापत् 4 अप्रेल 1967 मा सिक्किमका छोग्यालले उनलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए भने शिक्षा कै क्षेत्रमा उनको अतुलनीय योगदानको लागि राष्ट्रीय पुरस्कार सन् 1985 मा ज्ञानी जेलसिंह, भारतका पूर्व राष्ट्रपतिको बाहुलीबाट प्रदान गरिएको थियो। उनको अवकाशपछि पनि उनलाई सिक्किम महिला राज्य परिषद्को अध्यक्षा पद्मा सिक्किम सरकारलाई नियुि[त गरिएको थियो, [यहॉं पनि उनले आफ्नो दक्ष सेवा पुर्‍याएकी थिइन्।
उनले आफू पछि पति दुई छोरा एक छोरी डा.अरुणा राई, नाति नितिन राई , नातिनी जुनेली राई र अन्यलाई छोड़ेर सदाको लागि अनन्तको यात्रामा समाधीस्थ बनिन्।उनी झै कर्मठ, अनुशासन कर्मी गुरुमालाई सिक्किमको समाजले शतत् नमन र श्रद्धाञ्जलि व्य[त गर्दछ। ( by Bijay Bantawa)

No comments:

Post a Comment